
काठमाडौं । जेनुइन एजुकेसन प्रालिले चितवनको भरतपुरमा आफ्नो शाखा विस्तार गरेको छ ।
भरतपुर महानगरपालिका-१० हाकिमचोकमा सञ्चालनमा ल्याइएको नयाँ शाखाको शिक्षाविद् तथा स्थानीय समाजसेवी हरिदास सापकोटा र जेनुइनका काठमाडौं प्रमुख खगेन्द्र उप्रेतीले संयुक्त रुपमा उद्घाटन गरे ।
विद्यार्थीलाई विदेशी मुलुकमा अध्ययनका लागि परामर्श तथा सहयोग गर्ने जेनुइनले यसअघि इटहरीमा पनि शाखा विस्तार गरिसकेको छ ।
भरतपुरमा शाखा विस्तारसँगै चितवन र आसपासका जिल्लाका विद्यार्थीलाई सहज हुने जेनुइनका प्रमुख उप्रेतीले बताए । ‘अस्ट्रेलियालगायत विदेशी मुलुकमा अध्ययनका जाने विद्यार्थीहरुको संख्या बढिरहेको बेला भरतपुर शाखाले थप सहज गराउने अपेक्षा छ,’ उप्रेतीले भने ।
त्यस अवसरमा प्रालिले चितवन मानव सेवा आश्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत २५ हजार रुपैयाँ नगद सहयोग समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4