
काठमाडौं । ‘आईएमई पे’ एपमार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता भुक्तानी गर्दा क्यासब्याक अफर पाउने भएको छ ।
आईएमई पे एपको ‘प्रिमियम तिरौं, क्यासब्याक पाऔं’ अफर अन्तर्गत १० असारदेखि सो एपबाट एनएलआईसीको बीमा किस्ता भुक्तानी गर्ने ग्राहकले क्यासब्याक अफर पाउने छन् ।
‘आईएमई पे’ का अनुसार सो मूल्यको ०.५ प्रतिशत (अधिकतम रु. २ हजार ५०० सम्म) क्यासब्याकको साथै हरेक दिन १ बिजेताले चन्द्रागिरी केबलकारको २ वटा टिकट जित्ने अवसर पाउने व्यवस्था मिलाइएको छ ।
ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रेरित गराउने उदेश्यले यस्तो अफर ल्याएको आईएमई पेले जनाएको छ ।
‘आईएमई पे’ का अनुसार केवाईसी रुजु भएका प्रयोगकर्ताले बीमा किस्ताको भुक्तानी ड्यु डेटभित्र वा ड्यु डेट पछिको ७ दिन भित्र आईएमई पे एपबाट गरे बापत मात्र क्यासब्याक तथा अरु उपहार जित्ने मौका पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4