
१५ असार, काठमाडौं । प्रहरीले ७१६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलोसहित एक जना कोरियन नागरिकलाई पक्राउ गरेको छ ।
कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका यात्रु जुङ जोन जुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षको ह्याण्ड व्यागेज चेकिङ एरियामा सुरक्षा खानतलासी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले दुवै जुत्ता भित्र सेतो रंगको प्लास्टिक र टेपले बेरेर कस्तुरीको विना जस्तो देखिने २ पोका धुलो फेला परेको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4