+
+

चिकित्सक कुटेको आरोपमा प्रहरी जवान निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १९:०८

१४ असार, काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई कुटेको आरोपमा एकजना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन् ।

सोमबार साँझ प्रतिष्ठानका डा. कुलबहादुर घिसिङलाई कुटपिट गरेको अभियोग लागेपछि प्रहरी जवान राजेन्द्र थापा निलम्बित भएका हुन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले थापालाई ट्राफिक प्रहरी महशाखाले निलम्बन गरेको जानकारी पाएको अनलाइनखबरलाई बताए । उनले भने, ‘पत्र त आइसकेको छैन, तर उनलाई निलम्बन गरिएको छ ।’

घटना सार्वजनिक भएपछि प्रहरीले एकान्तकुनामा त्यसदिन चेकिङमा बसेका सबैलाई बग्गिखाना फिर्ता बोलाएको थियो । अन्यलाई चाहिँ कारबाही हुन्छ हुँदैन भन्ने खुलेको छैन । थापालाई नरोकेको आरोपमा अन्यलाई पनि फिर्ता बोलाइएको थियो ।

डा. घिसिङका तर्फबाट उनकी दिदीले घटनाबारे छानविन र कारबाहीका लागि माग गर्दै प्रहरी कहाँ निवेदन दिएकी छन् । डा. घिसिङका अनुसार उनी राति पौने ९ बजे ड्यटी सकेर पैदल हिँड्दै कुसुन्तीस्थित घर फर्किरहेका थिए । तर एकान्तकुनस्थित चेक पोइन्ट नजिकै पुगेपछि त्यहाँ जवान थापाले उनलाई कुटपिट गरेका थिए ।

‘राम्ररी हिँड्न सक्दैनस् भन्दै प्रहरीलाई मलाई कुट्यो, मैले केही गरेको थिइनँ’ घिसिङले भनेका छन् ।

प्रहरीका अनुसार यो घटना एकान्तकुनामा रहेको ट्राफिक चेक प्वाइन्टमा ट्राफिक प्रहरी जवान हिँडिरहेका बेला घटना भएको थियो । प्रहरी जवान थापाले चाहिँ डाक्टरले ‘कुम ठोक्काउँदै हिँडेपछि विवाद भएको र भिडियो खिच्न थालेपछि प्रतिवाद’ गरेको बताएका छन् । उनले दाबी गरेका छन्, ‘मोबाइल खोस्दा नाकमा लागेको मात्रै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?