१६ असार, काठमाडौं । चेल्सीका फरवार्ड रोमेलु लुकाकु लोनमा इटालियन क्लब इन्टर मिलानमा फर्केका छन् । गत सिजन इन्टरबाटै प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्ध भएका लुकाकु एक वर्षपछि नै लोनमा इन्टर फर्केका हुन् ।
बेल्जियन खेलाडी लुकाकुलाई चेल्सीले सन् २०२१ मा क्लब कीर्तिमानी रकम ९८ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । तर अहिले २९ वर्षीय यी पर्वार्डका लागि इन्टरले ८ मिलियन युरो लोन फ्रि तिर्ने सहमति गरेको छ ।
लुकाकुले सन् २०२०-२१ मा इन्टरलाई सिरी ए उपाधि जिताउन सहयोग गरेका थिए ।
चेल्सीमा गत सिजन नियमित पहिलो रोजाइमा नरहेका लुकाकुले गत सिजन सबैखाले प्रतियोगितामा गरी १५ गोल गरेका थिए ।
लुकाकुले आफू इन्टर फर्केको र यसमा खुशी रहेको प्रतिक्रिया दिएका छन् । इन्टर टिभीसँगको अन्तर्रावार्तामा लुकाकुले इन्टर फर्कनु होम कमिङ जस्तै रहेको बताए ।
प्रतिक्रिया 4