+

राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग र भरत अमेरिका प्रस्थान

२०७९ असार  १६ गते ११:५२ २०७९ असार १६ गते ११:५२
राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग र भरत अमेरिका प्रस्थान

१६ असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठ र त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास प्रतियोगिता खेल्न अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिकामा आयोजना हुने पाँचौ नेप्लिज अमेरिकन कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्न भरत र नवयुग  अमेरिका प्रस्थान गरेका हुन् ।

भरत र नवयुग दुवैले आयोजक लस एन्जलस (एलए) टोलीबाट प्रतियोगिता खेल्नेछन् । प्रतियोगिता बाल्टिमोर एथ्लेटिक क्लबले आयोजना गर्नेछ ।

नवयुगले एएफसी एसियन कप छनोटमा नेपालको राष्ट्रिय टिमको कप्तानी गरेका थिए । भरत खवास भने हाल राष्ट्रिय टिम बाहिर छन् ।

नवयुग श्रेष्ठ भरत खवास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय