+

साफ कंग्रेसमा भाग लिन महासचिव राईको नेतृत्वमा एन्फा टोली ढाका प्रस्थान

२०७९ असार  १६ गते १२:०४ २०७९ असार १६ गते १२:०४
साफ कंग्रेसमा भाग लिन महासचिव राईको नेतृत्वमा एन्फा टोली ढाका प्रस्थान

१६ असार, काठमाडौं । बंगलादेशमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले नेतृत्वमा नेपाली टोली सहभागी हुने भएको छ ।

साफको कंग्रेस ढाकामा शनिबारदेखि हुँदैछ । त्यसका लागि एन्फा महासचिव राई सहितको टोली त्यसतर्फ प्रस्थान गरेको एन्फाले जनाएको छ ।

राईसहित एन्फा सदस्य विकास नारायण श्रेष्ठ र ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी पनि ढाका गएका छन् ।

एन्फा महासचिव राईले साफ कंग्रेसमा साफ महिला च्याम्पियनसिप काठमाडौंमा गराउनका लागि एन्फाको प्रस्ताव औपचारिक रुपमा प्रस्तुत गर्ने एन्फाको तयारी छ ।

यस्तै कंग्रेसमा साफ सदस्यहरुबीच फुटबल विकासका विषयमा पनि छलफल हुने एन्फाले जनाएको छ ।

एन्फा साफ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय