
१६ असार बुटवल । बुटवलमा जंगली च्याउ खाएर ६ जना सिकिस्त परेका छन् ।
बुटवल उपमहानगरपालिका- १२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक सिकिस्त भएका हुन् ।
बिरामीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयूमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बुधबार जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।
बिरामी परेका सबैको बेहोस् अवस्थामा उद्धार गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4