
१६ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबार बिक्रीतर्फको अल अर नन् (एओएन) फिचर हटाएको छ ।
लगानीकर्ताले आन्दोलनका दौरान यस्तो प्रावधान हटाउन माग गरेका थिए । सोही अनुसार नेपाल धितोपत्र बोर्डले यो व्यवस्था हटाउन निर्देशन दिएको थियो । यसअघि खरिदमा समेत रहेको एओएन प्रावधान विरोधपछि हटाइएको थियो ।
खरीद तथा बिक्रीमा एओएन अप्सन राखेर ठूलो माग वा बिक्री देखाएर ठूला लगानीकर्ताले बजारलाई प्रभावित बनाउने गरेको आरोप लाग्दै आएको छ ।
यस्तो प्रावधान हटेपछि अब वास्तविक खरिद र बिक्रीकर्ता मात्र टीएमएस सिस्टममा हुनेछन् । जसले नक्कली माग वा आपूर्ति देखाउने सम्भावना हुने छैन ।
यसअघि कुनै लगानीकर्ताले १ सय कित्ता सेयर (उदाहरणका लागि)मध्ये आफूले बिक्रीमा राखेको सबै (१ सय कित्ता) नै खरिद गर्ने लगानीकर्ता नभएसम्म बिक्री नहुने गरी सेयर बिक्रीमा राख्न सक्थे । यो प्रावधान अब हटेको हो ।
हेर्नुहोस् सूचनाः
प्रतिक्रिया 4