
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे ।
सम्झौतासँगै आईएमई जनरल इन्स्योरेन्सका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई उक्त ल्याबले दिने सेवाहरुमा आकर्षक छुट प्राप्त गर्नेछन् ।
सम्झौता कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले सो ल्याबमा आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4