
१६ असार, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवामाथि दबाव बढाउने रणनीति लिएका डा. शेखर कोइराला पक्षीय नेताहरुको बैठक सुरु भएको छ ।
पार्टी सभापतिले विधान अनुसार काम नगरेको मुद्दामा छलफल गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको हो ।
भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै कोइराला पक्षलेे सभापति देउवाको आलोचना गर्दै आएको छ । आजको बैठकमा ती विषयसहित समसामयिक राजनीति र आर्थिक परिस्थितिबारे छलफल गर्ने कोइराला पक्षका नेताहरुको भनाइ छ ।
महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीका समिति र विभागहरु गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भए पनि ती कामलाई पूर्णता दिन नसकेपछि सभापति देउवाको आलोचना भएको छ । कांग्रेसको पछिल्लो १४ औं महाधिवेशन गत मंसिरमा सम्पन्न भएको थियो । सभापति देउवाले पार्टीको कोषाध्यक्ष पनि मनोनित गर्न सकेका छैनन् ।
प्रतिक्रिया 4