
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले भक्तपुरको चाँगुनारायण नगरपालिका-६ नगरकोटस्थित वेशीटोलमा रहेको चेतना आधारभूत विद्यालयमा खानेपानीको धारा निर्माण गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच भक्तपुर शाखाका प्रबन्धक अनु श्रेष्ठले उक्त धारा विद्यालयलाई हस्तान्तरण गरेकी हुन् । धारा निर्माण भएसँगै विद्यालयमा अध्ययनरत बालबालिकाहरुले स्वस्थ पिउने पानी उपलब्ध हुने विश्वास बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4