
१६ असार, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज हुँदै लगिएको भूमिगत (अन्डरग्राउन्ड) विद्युत लाइनमा समस्यमा आएपछि चितवनको माडीमा ३ दिनदेखि विद्युत आपूर्ति प्रभावित छ । मंगलबार बिहानदेखि चितवन निकुन्जमा रहेको भूमिगत ३३ केभी लाइनमा समस्या आएको नेबिप्रा चनौली वितरण केन्द्रले जनाएको छ ।
यसैका कारण अवरुद्ध भएको माडी नगरपालिकाको लाइनमा रहेको ‘फल्ट लोकेसन’ तीन दिनपछि बिहीबार पत्ता लागेको छ । बिहीबार बेलुकी ६ः३५ मा ३३ केभी चार्ज भएकोमा ५/६ मिनेटमै टि्रप भएको वितरण केन्द्रले जनाएको छ ।
पुनः चेक हर्दा सोही फेजमा समस्या देखिएको र रात परेकाले जंगली जनावरको खतरा हुने भएपछि बिहीबारको काम थाती राखखिएको प्राधिरकणले जनाएको छ । भोलि शुक्रबार बिहानदेखि काम थाल्ने प्राधिकरणले बताएको छ ।
केबल रुटमा पानी जम्माा भएकाले फल्ट पत्ता लगाउन समयम लागेको प्राविधिकले बताएका छन् । लाइनको समस्या समाधान गर्न काठमाडौंबाट उपकरण समेत चितवन लगिएको छ ।
माडीसम्म नयाँ वैकल्पिक भूमिगत केबल बिछ्याउने आयोजना पनि छ, तर वातावरणीय अध्ययन प्रकृया अघि बढाउनन राष्ट्रिय निकुञ्ज विभागमा पुगेको फाइल अघि नबढेको प्राधिरकणले जनाएको छ ।
प्रतिक्रिया 4