
१६ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेताहरुको बैठक आज पनि जारी हुने भएको छ । आजको बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा बस्ने छ ।
आजको बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले विचार राख्ने सो पार्टीका नेताहरुले बताएका छन् । बिहीबारको बैठकमा भ्रातृ संस्थाका पूर्वपदाधिकारीले धारणा राखेका थिए ।
उनीहरुले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधान र विधिसम्मत रुपमा चलाउन नसकेको बताएका थिए । देउवाले निर्णयमा एकलौटी गर्ने गरेको भन्दै उनीहरुले आफूहरुलाई बेवास्ता गर्दै गए प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4