
१७ असार, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार २०० रुपैयाँ र तेजावी सुनको प्रतितोला मूल्य ९६ हजार ७०० रुपैयाँ कायम गरिएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० र तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार २१० रुपैयाँ कायम गरिएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4