+

रिचार्लिसन ५ वर्षका लागि टोटनहममा अनुबन्ध

२०७९ असार  १७ गते १४:५६ २०७९ असार १७ गते १४:५६
रिचार्लिसन ५ वर्षका लागि टोटनहममा अनुबन्ध

१७ असार, काठमाडौं । ब्राजिलियन फरवार्ड रिचार्लिसन टोटनहम हट्सपरमा अनुबन्ध भएका छन् । टोटनहमले प्रिमियर लिगकै अर्को क्लब एभरटनबाट रिचार्लिसनलाई पाँच वर्षका लागि अनुबन्ध गरेको हो ।

यसको अर्थ उनको सम्झौता रकम ६० मिलियन पाउण्ड बराबर भएको बीबीसीले उल्लेख गरेको छ । २५ वर्षीय रिचार्लिसनले गत सिजन एभरटनलाई रेलिगेसनबाट जोगाउन मद्दत गर्दै १० गोल गरेका थिए । साथै ५ असिस्ट पनि गरेका थिए ।

सन् २०१८ मा वाटफोर्डबाट एभरटन पुगेका रिचार्लिसनले त्यहाँ रहँदा १३५ लिग खेलमा ४३ गोल गरेका थिए । च्याम्पियन्स लिगमा छनोट भएको टोटनहमले आगामी सिजनका लागि राम्रो टिम बनाउन फरवार्ड भित्र्याएको हो ।

टोटनहमले यसअघि नै गोलकिपर फ्रेजर फोस्टरलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरिसकेको छ । यस्तै टोटनहमले वाईभेस बिसाउमा र इभान पेरिसिकलाई पनि अनुबन्ध गरिसकेको छ ।

यद्यपी जहाँ पनि खेल्न सक्ने रिचार्लिसन एभरटनमा सुरुवाती दुई सिजन सबैखाले प्रतियोगितामा गरेर संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेका थिए ।

सन् २०१८ अमेरिका विरुद्ध खेल्दै ब्राजिलका लागि डेब्यु गरेका रिचार्लिसनले राष्ट्रिय टिमका लागि ३६ खेल खेल्दै १४ गोल गरेका छन् ।

टोटेनहम रिचार्लिसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय