
१७ असार, काठमाडौं । गैह्र आवासीय नेपाली महासंघ अमेरिकाको ११औं सम्मेलन र तेस्रो `नलेज कन्भेन्सन´ यही जुलाई ३ र ४ मा नर्थ क्यारोलिना राज्यमा हुँदैछ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने ११ औं सम्मेलनमा ११ फरक विषयमा बिज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
बिज्ञान र प्रविधि, दिगो कृषि र प्राकृतिक श्रोत व्यवस्थापन, नेपालमा लगानीको क्षेत्र र संगठित लगानी, मास मिडिया र सामाजिक सञ्जाल, सामाजिक बिज्ञान र लोककल्याण, महिला, युवा र नेपाली संस्कृति, प्रविधि र पुर्वाधार अनि नेपालका लागि नेपाली डायस्पोराको भूमिका लगायतका विषयमा कार्यपत्र प्रस्तुति पस्चात् गहन छलफल हुने एनआरएन अमेरिकाले जनाएको छ ।
सम्मेलनमा एनआरएन आइसिसीका अध्यक्षहरु, विभिन्न देशमा रहेका एनआरएन नेतृत्व सँगै अमेरिकाका करिब चारसय प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया 4