
काठमाडौं । नयनराज पाण्डेद्वारा लिखित पुस्तक ‘लू’माथि आधारित हुने फिल्मका लागि यतिबेला प्रमुख कलाकारको खोजी भइरहेको छ ।
मुख्य पात्र इलैयाको भूमिकामा कुन कलाकारले अभिनय गर्नेछन् भन्नेबारे निधो भइसकेको छैन । यद्यपि, गत सातासम्म विपिन कार्कीले यो भूमिकामा अभिनय गर्ने चर्चा थियो ।
अभिनेता कार्कीसँग निर्माण कम्पनी क्यारो फिल्म्सले छलफल पनि गरिसकेको छ । विपिनले पनि फिल्ममा अभिनय गर्न सक्ने संकेत दिएका छन् । यसैबीच, अर्का अभिनेता सौगात मल्ललाई पनि उक्त भूमिकाका लागि प्रस्ताव गरिएको छ ।
कार्यकारी निर्माता रोजित भट्टराईले सौगातलाई प्रस्ताव गरिएको बताए । चल्तीका दुई जना अभिनेतालाई प्रस्ताव गरिएपछि इलैयाको भूमिकामा कसले अभिनय गर्छ भन्नेबारेमा कौतूहलता छ । निर्देशकमा चाहिं प्रदीप भट्टराई अनुबन्धित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4