
१७ असार, काठमाडौं । काठमाडौंमा जगन्नाथ रथयात्रा निकालिएको छ ।
अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन)को आयोजनामा शुक्रबार सुन्धाराबाट जगन्नाथ रथ यात्रा सुरु गरिएको थियो । शहर परिक्रमा गरी बेलुकी पुन: सुन्धारामै फर्किएर सांस्कृतिक कार्यक्रमसहित समापन भएको छ ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गरेकी थिइन् । साथै राष्ट्रपति भण्डारीले रथ रहने वरिपरिको स्थान झाडुले सफाइ समेत गरेकी थिइन् ।
स्कोनकोतर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताए ।
पछिल्लो समय विश्वमा अशान्ति फैलिरहेको भन्दै पत्रिदासले शान्ति कामय गर्न र सबै नेपालीलाई एकीकृत गर्नु रथयात्राको मुख्य उद्देश्य रहेको जानकारी दिए । उनका अनुसार जगन्नाथको रथयात्रा विश्वभर एकै दिन मनाइन्छ।
सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ ।
हेर्नुस् तस्वीरहरु
प्रतिक्रिया 4