
१८ असार, गुल्मी । गुल्मीमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–६ निवासी ३५ वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) भीमबहादुर दाहालले बताए ।
आफनै भाइ बुहारी नाता पर्ने १९ वर्षकी महिलालाई जबर्जस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको दाहालले बताए । पक्राउ परेका आरोपित पुरुषमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4