+

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

२०७९ असार  १८ गते १८:५९ २०७९ असार १८ गते १८:५९
महिला साफ च्याम्पियनसिप नेपालमा हुने

१८ असार, काठमाडौं । दक्षिण एसियाली फुटबल (साफ) को महिला च्याम्पियनसिपको छैटौं संस्करण नेपालमा हुने भएको छ । आगामी भदौ १३ देखि २५ सम्म हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

बंगलादेशमा भएको साफ कंग्रेसअघि साफको कार्यकारी समितिको बैठकले नेपालमा महिला साफ च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको एन्फाका महासचिव किरण राईले जानकारी दिए । नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।

सन् २०१९ मा विराटनगरमा भएको प्रतियोगितामा नेपाल उपवपजेता बनेको थियो । छैटौं संस्करणको साफ च्याम्पियनसिप पनि नेपालमै भएमा लगातार दुई पटक महिला साफ च्याम्पियनसिप आयोजना गर्ने नेपाल पहिलो देश बन्नेछ ।

फुटबल साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय