
१९ असार, काठमाडौं । आइतबार बिहान ११:५० बजे बल्खुको तरकारी बजारमा गाडीले पैदल यात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीय आयुष बन्सुर छन् ।
प्रहरी परिसर, काठमाडौंका डीएसपी निरञ्जन भट्टका अनुसार घटनामा उनकी आमा भारतको महाराष्ट्र घर भएकी ३२ वर्षीया योगिता बन्सुर घाइते छिन् । उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको भट्टले बताए ।
प्रहरीका अनुसार बा १३ च ६४१९ नम्बरको गाडीले छोरा बोकेर हिँडिरहेकी पैदलयात्रुलाई ठक्कर दिँदा घटना भएको थियो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4