
१९ असार, काठमाडौं । सर्वोच्च अदालतले जिल्ला सरकारी वकिलको कार्यालयमा कार्यरत सहायक न्यायाधिवक्ता संगीता थोकरलाई सरुवा गर्नुको कारण पेश गर्न महान्यायाधीवक्ता कार्यालयको नाममा आदेश जारी गरेको छ ।
सर्वोच्चले उनलाई सरुवा नगरी ललितपुरमा राख्नुपर्ने माग रहेको भन्दै त्यसवारे अन्तरिम आदेश जारी हुने कि नहुने भनी छलफल गर्न दुवै पक्षलाई झिकाएको छ ।
बलात्कारको मुद्दा कमजोर बनाउन नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयले आफूलाई सरूवा गरेको भन्दै आएकी सरकारी वकिलको कार्यालय ललितपुरमा कार्यरत थोकरले सर्वोच्चमा रिट निवेदन दर्ता गरेकी थिइन् । थोकरलाई जिल्ला अदालत ललितपुरबाट वागमती प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता कार्यालय हेटौंडामा सरुवा गरिएको थियो ।
बलात्कार मुद्दा दायर गर्ने क्रममा महान्यायाधिवक्ता कार्यालयले दबाव दिएको भन्ने उनको आरोपमाथि छानबिन गर्न सहन्यायाधिवक्ताको नेतृत्वमा समितिसमेत बनाइएको छ ।
प्रतिक्रिया 4