
१९ असार, काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
मंगलबार दिउँसो एक बजे बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उनले बताए । मुख्यसचिव पौडेलले भातृ र शुभेच्छुक संस्थाको विधान तय गर्न, पार्टीभित्रका विषय तथा राजनीतिक विषयका समसामयिक विषयमा छलफल हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4