+
+

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप ओम्निच्यानल एपमा स्तरोन्नति

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १८:१५

काठमाडौं । एनआईसी एशिया बैंकले ओम्निच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ एपको शुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने उदेश्यले बैंकिङ एपको शुभारम्भ गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ओम्निच्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकहरूलाई लक्षित गर्दै नयाँ सेवाको शुभारम्भ गरेको बैंकको भनाइ छ ।

एनआईसी एशिया मोबाइल बैंक एपलाई अपडेट गरी ओम्निच्यानल एपमा स्तरोन्नति गर्न सकिने बैंकले जनाएको छ । नयाँ ग्राहकहरूले प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्निच्यानल एपबाट ग्राहकहरूले अधिकतम बैंकिङ सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

यस एपबाट ग्राहकहरूले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्किम ट्रान्सफर, लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ सेवाहरू ओम्निच्यानल एपमार्फत डिजिटल प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?