
१९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् ।
३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।
त्यस्तै माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ । ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८ जनाको नाम खाली राखिएको छ ।
यसअघि माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने भनिए पनि पछि संख्या थपिएको थियो ।
माओवादीले निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगको सचिव र सदस्यहरुको नाम पनि टुंग्याएको छ ।
हेर्नुहोस् सूचिसहित
प्रतिक्रिया 4