+

अफ्रिकन कप अफ नेसन्स सर्‍यो

२०७९ असार  २० गते १०:४७ २०७९ असार २० गते १०:४७
अफ्रिकन कप अफ नेसन्स सर्‍यो

२० असार, काठमाडौं । आइभरी कोस्टमा अर्को वर्ष तय भएको अफ्रिकन कप अफ नेसन्स  सरेको छ ।

यसअघि २०२३ जुन-जुलाईमा प्रतियोगिता हुने भनिए पनि आईभरीकोष्टमा पानी पर्ने मौसम भएकाले प्रतियोगिता सन् २०२४ को जनवरी-फेब्रुअरीका लागि सारिएको हो ।

आइभरी कोस्टमा वर्षाको समय हुने भएकाले प्रतियोगिता सारिएको कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) का अध्यक्ष प्याट्रिस मोत्सेपेले बताएका छन् । उनले जोखिम लिन नचाहेकोले सारिएको बताए ।

यसै वर्ष नोभेम्बर डिसेम्बरमा कतारमा विश्वकप आयोजना हुने भएकाले अफ्रिकन कपको मिति अघि सार्नु भन्दा पछि गर्नु उपयुक्त मानिएको हो । यसअघि यसै वर्ष जनवरीमा क्यामरुनमा भएको  संस्करणको उपाधि सेनेगलले जितेको थियो  ।

अफ्रिकन कप अफ नेसन्स फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय