
काठमाडौं । कर्नाटककी सिनी सेट्टीले मिस इण्डिया-२०२२ को उपाधि जितेकी छन् । आइतबार बेलुका भएको ग्रान्ड फिनालेमा राजस्थानकी रुबल शेखावत फस्ट रनरअर र उत्तर प्रदेशकी सिनाता चौहान सेकेन्ड रनरअप घोषित भए ।
फिनालेमा कलाकार डिनो मोरिया, मलाइका अरोरा, नेहा धुपियासहित केही फेसन डिजाइनर निर्णायकको रुपमा थिए । देशभरबाट प्रतिस्पर्धीलाई मौका दिन भर्चुअलसहित भौतिक अडिसन गरिएको थियो ।
अन्तिम चरणमा ३१ जना प्रतिस्पर्धी भिडेका थिए । सबै जनालाई मुम्बईमा एक महिनासम्म यसबारे तालिम दिइएको थियो । पूर्व मिस इण्डिया युनिभर्स नेहा धुपियाले मिस इण्डियाले आफूमा पुराना विगतलाई ताजा गराउने बताइन् ।
‘अवश्य पनि कोरोना महामारीपछि भर्चुअल प्लेटफर्ममार्फत अडिसन गर्नु र अघि बढ्नु चुनौतीपूर्ण थियो,’ धुपियाले विज्ञप्तिमा भनेकी छन् । मनिष पौलले होस्ट गरेको फिनालेमा बलिउड कलाकार समेत सहभागी थिए ।
प्रतिक्रिया 4