
२० असार, वीरगञ्ज । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । परवानीपुर गाउँपालिका– ५ बहुअरी बस्ने उपेन्द्र प्रसाद पटेलको छोरा ११ वर्षीय प्रिन्स पटेलको मृत्यु भएको हो ।
घरमा जडान भएको मोटर चालउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उपचारका लागि वीरगञ्जस्थित मेडिसिटी बयोधा अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा अस्पतालले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4