
२० असार, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य ९७ हजार ५ सय, तेजावी सुनको मूल्य ९७ हजार र चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ तोकिएको छ । आइतबार पनि सुन चाँदीको मूल्य सोमबार बराबरकै थियो ।
यसअघि शुक्रबार सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य १२ सय १० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4