
२० असार, काठमाडौं । हङकङस्थित बहुराष्ट्रिय प्रविधि कम्पनी इन्फिनिक्सले १ सय ८० वाट थन्डर चार्ज प्रविधिको विकास गरेको छ । कम्पनीले उक्त चार्जिङ प्रविधियुक्त फ्लागशीप स्मार्टफोन पनि बजारमा ल्याउने तयारी गरेको छ, जुन यो वर्षको अन्त्यतिर सार्वजनिक हुनेछ ।
कम्पनीको नयाँ प्रविधिबाट चार्ज गर्दा मात्र ४ मिनेटमा ४ हजार ५ सय एमएचएचको ब्याट्री ५० प्रतिशत चार्ज हुनेछ । अर्थात् ब्याट्री पूरा चार्ज गर्न मात्र ८ मिनेट लाग्दछ ।
स्मरण रहोस् कम्पनीले गतवर्ष एक अवधारणा मोडेलको रुपमा १ सय ६० वाट अल्ट्रा फास्ट चार्ज प्रविधिको घोषणा गरेको थियो । यद्यपि १ सय ८० वाट थन्डर चार्ज प्रविधि यो वर्षको अन्त्यसम्ममा प्रयोगकर्ताका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।
कम्पनीले विश्वका अग्रणी ब्याट्री निर्माता कम्पनीहरुसँग मिलेर एक नयाँ 8C ब्याट्री सेल पनि विकसित गर्नका लागि काम गरेको छ । कम समयमा पूरा चार्ज गर्नका लागि कम्पनीले ४५०० मिलीएम्पिएर आवरको कम्बाइन्ड क्षमता प्राप्त गर्नका लागि दुईवटा 8C रेटेड ब्याट्रीको उपयोग गर्नेछ ।
प्रत्येक ब्याट्रीलाई ९० वाटमा चार्ज गरिनेछ । चार्जिङको समयमा तापक्रमलाई न्यूनतम राख्नका लागि ब्याट्रीमा सुरक्षा पत्र राखिएको हुनेछ ।
सुरक्षाका लागि चार्जिङ प्रविधिमा स्मार्टफोन, चार्जर तथा चार्जिङ केवलको सुरक्षाको लागि १ सय ११ सफ्टवेयर तथा हार्डवेयर सेक्योरिटी प्रोटेक्सन प्रविधि हुनेछ ।
त्यसका अलावा २० वटा सेन्सर हुनेछन् जसले युएसबी पोर्ट, चार्जिङ चिप्स, ब्याट्री आदि जस्ता प्रमुख भागको तापमानमा निगरानी राख्दछ । यसले तापक्रमलाई ४३ डिग्री नाघ्न दिँदैन र ब्याट्री खराब हुनबाट बचाउँछ ।
थन्डर चार्ज प्रविधिले एक एन्क्रिप्सन चिपको प्रयोग गर्दछ । प्रयोगकर्ताले यसमा आफ्नो इच्छा अनुसारको चार्जिङ केबल प्रयोग गर्न सक्नेछन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4