
काठमाडौं । आईएमई पे र एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बीगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा आईएमई पे एपमार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत (अधिकतम ३०० रुपैयाँसम्म)छुट पाउने आईएमई पेले जनाएको छ ।
डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आईएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५ प्रतिशत छुट (अधिकतम ३०० रुपैयाँसम्म) प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेनमा प्रयोगकर्ताले जम्मा रकम २५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4