
२० असार, ललितपुर । ललितपुर महानगरपालिकाले फुटपाथमै वृक्षारोपण गरेको छ ।
महानगरका मेयर चिरिबाबु महर्जन र नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् ।
ललितपुर वडा १५, सातदोबाटोका दुवै तर्फ, इन्द्र क्लासिक शान्ति मार्ग, श्रीनगरको क्षेत्रमा वृक्षारोपण गर्नेक्रममा पैदलयात्री हिँड्ने फुटपाथ मै वृक्षारोपण भएको हो ।
सातदोबाटो शसस्त्र प्रहरी क्याम्प पछाडिको भर्खरै बनेको फुटपाथको बीचमै वृक्षारोपण भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4