
२० असार, काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली संशोधन भएको साढे ३ महिनामै अर्को संशोधन गरेको छ । निर्माण व्यवसायीको मागअनुसार उनीहरुकै अनुकुलतामा नियमावली १२औं संशोधन भएको हो ।
रुग्ण रहेका आयोजनालाई आगामी एक वर्षका लागि म्याद थप्न सकिने गरी संशोधित नियमावलीको सूचना राजपत्रमा प्रकाशित गरिएको हो । रुग्ण आयोजनाको म्याद थप्न संशोधित कार्यतालिकासहित अबको २१ दिनभित्रै व्यवसायीले सम्बन्धित आयोजनामा निवेदन दिन सक्नेछन् । अधिकारप्राप्त अधिकारीले २०८० असार मसान्तसम्म म्याद थप गर्नसक्ने गरी नियमावलीले बाटो खोलेको छ ।
अब ५ अर्बकोसम्मको ठेक्का नेपाली ठेकदार कम्पनीले नै पाउने भएका छन् । यसअघि ३ अर्बसम्मका ठेक्का मात्रै नेपालीले पाउने गरी ११औं संशोधन भएको थियो ।
त्यसअघि १ अर्बसम्मका ठेक्का मात्रै नेपाली ठेकदारले पाउँथे । तर, ३ महिनाको अन्तरमा नेपाली ठेकदार कम्पनीले पाउने ठेक्काको अंक सीमा ४ अर्बले बढाइएको छ ।
अब नेपाली ठेकदार कम्पाीले ५ वटाभन्दा बढी बोलपत्रमा सहभागी हुन पाउने छन् । तर, पाँचवटा भन्दा बढी ठेक्का सम्झौता भने गर्न नपाइने गरी नियमावली संशोधन भएको छ ।
यसअघि एकपटकमा ५ वटाभन्दा बोलपत्र पेश गर्न नपाइने व्यवस्था थियो, तर अब ठेक्कामा पाँचौं बोलपत्र प्रभावग्राही ठहरिएपछि छौंठो बोलपत्र स्वतः प्रभावग्राही नहुने व्यवस्था गरिएको छ ।
नियमावलीमा ठेक्कामा काम गर्न चाहिने योग्यता संशोधन भएको छ । २ करोडदेखि ५ करोडसम्मका ठेक्कामा लागत अनुमानको कम्तीमा ४० प्रतिशत रकम बराबरको एउटा परियोजनामा काम गरेको योग्यता तोएिको छ । यसअघि १ अर्बसम्मका अयोजनामा ८० प्रतिशत योग्यता चाहिने व्यवस्था थियो ।
त्यसैगरी ५ करोडभन्दा बढीमा आयोजनामा अब ६० प्रतिशत योग्यता भए पुग्ने छ । जबकी यसअघि लागत अनुमानको ८० प्रतिशत रकम बाराबरको एउटा वा लागत अनुमानको दुई तिहाई र त्यसको २५ प्रतिशत बरारबको अर्को आयोजनाको अनुभव अनिवार्य थियो ।
हेर्नुहोस् सूचनाः
प्रतिक्रिया 4