
२१ असार, काठमाडौं । पहिरोले बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान पर्वतको मालढुंगाभन्दा करिब २ सय मिटर अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।
बिहान सात बजेदेखि बाटो अवरुद्ध भएको र स्काभेटरको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
ठूलो ढुंगासहितको पहिरो खसेकाले बाटो खुलाउन केही समय लाग्ने अनुमान प्रहरीले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4