
काठमाडौं । नेटफ्लिक्सले आफ्नो नयाँ फिल्म ‘डार्लिङ्स’को टिजर सार्वजनिक गरेको छ । बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म अगस्ट ५ मा नेटफ्लिक्समा रिलिज हुँदैछ ।
फिल्मको निर्मातामा आलिया पनि छिन् । फिल्मलाई गौरी खान, आलिया र गौरव वर्माले मिलेर निर्माण गरेका हुन् । यो फिल्मबाट जसमित के रीनले फिचर फिल्म निर्देशनमा डेब्यु गर्दैछन् ।
डार्क कमेडी फिल्म ‘डार्लिङ्स’मा आलिया भट्टका अलावा शेफाली शाह, विजय वर्मा र रोशन म्याथ्युको मुख्य भूमिका रहेको छ ।
फिल्मले मुम्बईमा बस्ने आमा-छोरीको कथा प्रस्तुत गर्छ । उनीहरुको जीवनमा आउने असाधारण परिस्थिति र त्यससँग जुध्न उनीहरुको गरेको प्रयत्नलाई फिल्मले प्रस्तुत गर्छ । फिल्मको लेखन जसमित र परवेज शेखले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4