
२१ मंसिर, काठमाडौं । देवी कालीको रुपमा रहेकी महिलाले चुरोट तानिरहेको तस्वीरसहितको पोष्टर क्यानडामा सार्वजनिक भएपछि त्यसको क्यानडा र भारतमा विरोध भएको छ ।
भारतीय फिल्म निर्माता लीना मनिमेकलाईले बनाएको फिल्म कालीको पोस्टरमा चुरोट तानेको तस्वीर अंकित छ । क्यानडाको टोरोन्टोस्थित अघा खान म्यूजियमको अन्डर त टेन्ट प्रोजेक्ट अन्तर्गत उनले तयार पारेको फिल्मको पोस्टर सार्वजनिक गरेकी थिइन् ।
यो पोस्टर सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उनको विरोध भएको छ । र विरोध जनाउनेहरुमा अधिकांश भारतीय हिन्दुधर्मावलम्बी छन् ।
हिन्दुवादी संघ संस्थाले मनिमेकलाईमाथि कारबाहीको माग गरेर क्यानडा र भारतमा छुट्टा छुट्टै उजुरी नै दर्ता गराइसकेका छन् । क्यानडाको ओटावास्थित भारतीय उच्चायोगले पनि विरोधमा विज्ञप्ति नै निकालेको छ र पोस्टर हटाउन भनेको छ ।
मनिमेकलाईले भने विवादित बनेको पोस्टर मानवताको स्वरुप भएको र यसले विविधताको सम्मान गर्ने दाबी गरेकी छिन् ।
प्रतिक्रिया 4