
२१ असार, विराटनगर । नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनित हिमा बस्नेत भट्टराईले सपथ ग्रहण गरेकी छन् ।
अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् ।
उनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो ।
मंगलबार उनले प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी मार्फत सपथग्रहण गरेकी हुन् । प्रदेश सभाको कार्यकाल करिब चार महिना बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4