२१ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् ।
उनलाई दाम्बुला जायन्ट्सले इन्टरनेशनल डायमण्ड ए क्याटगोरीबाट टिममा समावेश गरेका छन् ।
दाम्बुलाले श्रीलंकन कप्तान दसुन सनाका, भानुका राजापाक्षदेखि अष्ट्रेलियाका डी आर्च सर्ट र बेन कटपङलाई पनि अनुबन्ध गरेकाे छ ।
लामिछानेले दिल्ली डेयर डेभिल्सबाट इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटसहित, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, वेष्टइन्डिज, क्यानडालगायतका देशमा लिग क्रिकेट खेलिसकेका छन् ।
प्रतिक्रिया 4