
२२ असार, काठमाडौं । बुधबार सुन-चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा १ हजार १७५ रुैपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन ९७ हजार ६ सय, तेजावी ९७ हजार एक सय र चाँदीको मूल्य १ हजार २०५ रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4