
२२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बुधबार पनि नबस्ने भएको छ । बुधबार १ बजेका लागि निर्धारित बैठक बिहीबार ११ बजे बस्ने गरी सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि मंगलबार प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । तर मंगलबार पदाधिकारी, स्थायी समिति, पोलिट्व्यूरो समितिलगायत पार्टी संरचनाको विषयमा छलफल गर्न बैठक स्थगित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4