
२२ असार, काठमाडौं । चन्द्रागिरिको केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेर बीचमै अड्किएका छन् ।
तिमल्सिना पारिवारिक घुमघामका लागि चन्द्रागिरि गएका थिए ।
केबल कार रोकिने बेलामा अरु यात्रु पनि थिए । विद्युत आपूर्तिको अनियमितता तथा अन्य कारणले केबलकार बेला बेलामा रोकिने गर्छ ।
काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले राष्ट्रियसभा अध्यक्ष तिम्सिना केबलकार चढेको तर कतिबेर केबलकार रोकियो भन्नेबारे सूचना नभएको अनलाइनखबरलाई बताए । उनले भने, ‘बुझ्नलाई प्रहरी वृत्त, थानकोटका डीएसपी डिल्ली पाण्डे सा’बलाई पठाएको छु, उहाँ पुग्नु भएको छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4