
काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका दक्षिण भारतीय अभिनेता विजय बाबुलाई भारतको सर्वोच्च अदालतले राहत दिएको छ ।
यौन दुर्व्यवहारको मुद्दामा उनलाई केरला उच्च अदालतले जमानत दिने आदेश दिएको थियो । यसविरुद्ध याचिकामाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले उच्च अदालतको आदेशलाई सदर गरेको हो ।
तर विजय बाबुमाथि केही सर्त भने लगाइएको छ । जस अनुसार उनी विनाअनुमति राज्यबाहिर जान पाउने छैनन् भने यस मुद्दाका विषयमा सामाजिक सञ्जालमा लेख्न पनि अदालतले निषेध गरेको छ ।
गत अप्रिल २२ मा विजय बाबुविरुद्ध एक महिलाले आफूमाथि पटकपटक यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । ती महिला विजय बाबुको प्रोडक्सन कम्पनीले निर्माण गरेको फिल्ममा समेत काम गरिसकेकी छन् । अभिनेताले फेसबुक लाइभमा आएर आफू निर्दोष रहेको दाबी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4