
२२ असार, काठमाडौं । वेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यशैली र क्षमतामाथि प्रश्न उठाएर राजीनामा दिएका स्वास्थ्मन्त्री साजिद जावेदले जोन्सनको बचाउमा रहेका मन्त्रीहरुप्रति लक्षित गर्दै भनेका छन् ‘इनफ इज इनफ’ ।
गलत सूचनाका आधारमा प्रधानमन्त्रीको रक्षामा उत्रिएको भन्दै जावेदले ती मन्त्रीहरुको आलोचना गरे ।
आफूसँगै राजीनामा नदिने मन्त्रीहरुलाई लक्षित गर्दै जावेदले भने ‘केही नगर्नु पनि एउटा उचित बिकल्प हो ।’
उनले अब अरु वरिष्ठ तथा कनिष्ठ मन्त्रीहरूले राजीनामा दिएमा आश्चर्यजनक नहुने बताए ।
यसअघि उनले सरकारले जनता र देशको हितमा काम नगरेको भन्दै राजीनामा दिएका थिए । उनीपछि जोन्सन सरकारका केही मन्त्री र सहयोगीले पनि राजीनामा गरेका छन् । जसले जोन्सन संकटमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4