+

रेणुकालाई भेटेर खेलकुदमन्त्रीले भने– उपचारमा कुनै कमी हुँदैन

२०७९ असार  २३ गते ११:३७ २०७९ असार २३ गते ११:३७
रेणुकालाई भेटेर खेलकुदमन्त्रीले भने– उपचारमा कुनै कमी हुँदैन

२३ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटीलाई भेटेर उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिएका छन् ।

आसन्न साफ महिला च्याम्पियनसिप र एसियाली खेलकुदका लागि प्रशिक्षणको क्रममा सोमबार रेणुकाको क्यारिकल बोन (ब्यूटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ ललितपुरको बीएण्डबी अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।

विहीबार बिहान अस्पतालमै पुगेर कप्तान रेणुकालाई भेट्दै खेलकुदमन्त्री गहतराजले पछिल्लो स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

एसियाली खेलकुद तयारीका क्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा दुर्घटना भएकाले उपचार खर्च राखेपले नै बेहोर्नेछ ।

महेश्वरजंग गहतराज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय