
काठमाडौं । मार्भल स्टुडियोको हलिउड सुपरहिरो फिल्म ‘थोर : लभ एण्ड थन्डर’ले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङको संकेत दिएको छ । बिहीबार मध्यान्हसम्म क्यूएफएक्स, आईएनआईसहितका मुख्य मल्टिप्लेक्सको बिहानी शोको ५० प्रतिशतभन्दा बढी टिकट अग्रिम बिक्री भइसकेको छ ।
वान सिनेमाज र बिग मुभिजमा पनि यस्तो ट्रेण्ड देखिएको सञ्चालकले जनाएका छन् । आईएनआई प्रमुख सुरेन्द्र थापाले सिनेप्लेक्ससहितका आउटलेटमा शुक्रबारको बिहानी शो सोल्डआउट भइसकेको बताए ।
क्यूएफएक्समा बिहानी शो लगभग सोल्डआउटको स्थितिमा छ । बिहीबार बेलुकासम्म शतप्रतिशत पुग्न सक्ने जनाइएको छ । चर्चित सुपरहिरो फिल्म थोरको सिक्वेल भएकाले पनि दर्शकमाझ यसको प्रतीक्षा थियो ।
‘बिहानी शो सबै सोल्डआउट हुनुमा यसका फ्यानको कारण भएको हुनसक्छ,’ थापाले अनलाइनखबरसँग भने ।
यसैबीच, भोलि नै रिलिज तयारीमा रहेको नेपाली फिल्म ‘दोख’को व्यावसायिक भविष्य भने यसको वर्ड अफ माउथमा निर्भर हुनेछ । अनुप बराल निर्देशित यो सोसल ड्रामाले ट्रेलरबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । ‘दोख’लाई १६ वर्षभन्दा मुनिका दर्शकलाई हेर्न अनुमति छैन ।
प्रतिक्रिया 4