
काठमाडौं । एसईई २०७९ को नतिजा नीमा एकेडेमीको इलर्निङ एपबाट पनि हेर्न सकिने भएको छ । समयमै आफ्नो मूल्यांकन थाहा पाउन नसक्ने सरोकारवालाहरुको गुनासोलाई मध्यनजर गर्दै छिटो र सरल उपायबाट थाहा पाउने संयन्त्र बनाएको नीमा एकाडेमीले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार अन्तिम साता प्रकाशन गर्ने गरी तयारी गरिरहेको छ ।
विधार्थीले आफ्नो विवरण (जन्ममिति र सिम्बोल नम्बर) नीमा एकेडेमी एपमा दर्ता गराउनु पर्नेछ र नतिजा प्रकाशन हुनसाथ आफैं विद्यार्थीको मोबाइलमा नोटिफिकेसन जाने नीमा एकेडेमीका सीईओ निश्चलमान प्रधानले जानकारी दिए ।
विवरण दर्ता यसरी गर्न सकिन्छ
↪️ प्लेस्टोरबाट निमा एकेडेमी इलर्निङ एप डाउनलोड गर्ने
↪️ साइन अप गर्नुहोस् वा एपमा लग इन गर्ने
↪️ तलको इक्जाम रिजल्ट भ्यू खण्डमा जाने
↪️ आफ्नो #जन्म_मिति र #सिम्बोल_नम्बर दर्ता गर्ने
एसईईको नतिजा प्रकाशन भएपछि माथिको प्रक्रिया पूरा गरे केही बेरमै नीमा एकेडेमी एपको माध्यमबाट परीक्षार्थीको मोबाइलमै नतिजा पुग्नेछ।
प्रतिक्रिया 4