
२३ असार, जुम्ला । जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ ।
जिल्लाको तिला गाउँपालिका ९ निवासी ति यूवाको चट्याङले मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीबाट ४ घण्टा पैदल यात्रा गरेर पुगिने उक्त स्थानमा घटना भएको हो ।
मालापानी घरबाट टाढा दुई किमी सिमी गोड्न गएका तिला-९ निवासी १८ वर्षीय प्रेम बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।
उनका अनुसार पानी परेपछि रुखमुनि ओत लिन बुढा बसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4