
२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र तत्काल पठाउन मात्र गरेका छन् ।
मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । गृह मन्त्रालयमार्फत यो पत्र परराष्ट्र मन्त्रालयमा पुगेको छ, तर अझै अमेरिकालाई पठाइएको छैन ।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा माओवादी प्रमुख गुरुङले यो पत्र तत्काल पठाइनुपर्ने बताए ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्ने क्रममा संसदले गरेको १२ बुँदे ब्याख्यात्मक घोषणालाई अमेरिकाले अहिलेसम्म स्वीकार नगरेको भन्दै उनले यसबारे पनि प्रष्ट हुनुपर्ने बताए । १२ बुँदे ब्याख्यात्मक घोषणा स्वीकार गरे मात्र एमसीसीका कार्यक्रम अघि बढ्ने प्रमुख सचेतक गुरुङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4