+

म्यानचेष्टर सिटीका स्टर्लिङ चेल्सी जान सहमत

२०७९ असार  २३ गते १५:२६ २०७९ असार २३ गते १५:२६
म्यानचेष्टर सिटीका स्टर्लिङ चेल्सी जान सहमत

२३ असार, काठमाडौं । म्यानचेष्टर सिटीका फरवार्ड रहिम स्टर्लिङ चेल्सी जाने भएका छन् । स्टर्लिङले चेल्सी जाने विषयमा सहमति जनाएको बीबीसीले उल्लेख गरेको छ ।

२७ वर्षीय स्टर्लिङको सिटीमा अझै एक वर्ष सम्झौता बाँकी छ । मुख्य क्लबहरुले चासो देखाइरहेका बेला उनलाई अनुबन्ध गर्न चेल्सी अघि बढेको हो ।

सिटीले स्टर्लिङलाई सन् २०१५ मा लिभरपुलबाट ४९ मिलयन पाउण्डमा अनुबन्ध गरेको थियो । सिटीमा उनले ३३९ खेल खेल्दै १३१ गोल गरेका छन् ।

स्टर्लिङ चेल्सीमा अनुबन्ध भए चेल्सीको पहिलो प्रमुख अनुबन्ध हुनेछ ।

बीबीसीले यस अनुबन्ध केही समयपछि हुने र प्रि सिजनका लागि अमेरिका भ्रमणमा निस्कनुअघि नै स्टर्लिङ चेल्सीको टिममा रहने उल्लेख गरेको छ ।

यस्तै ट्रान्सफर बजारका विज्ञ फाब्रिजियो रोमानोले पनि स्टर्लिङलाई अनुबन्ध गर्ने विषयमा चेल्सीले सिटीसँग सम्पर्क गरेको र ४५ मिलियन पाउण्डमा अनुबन्ध नजिक पुगेको जनाएका छन् ।

एर्लिङ हालान्ड र जुलियन अल्भारेजको आगमन अनी पिल फोडेन, ज्याक ग्रेलिस र रियाद महारेज जस्ता खेलाडी लयमा हुँदा पेप ग्वार्डिओलाको टिममा पहिलो रोजाइमा पर्न धेरै प्रतिस्पर्धा हुनेछ ।

फुटबल रहिम स्टर्लिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय